हेटौंडा । पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो करिब १२ः०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिएका हुन। ।
मंगलबार साँझ देखिको अविरल वर्षाले इलाममा धेरै धनजनको क्षति गरेको छ ।
राई कान कम सुन्ने खुल्न आएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धानका तथा कानुनी प्रक्रियाका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटाइएको छ ।
सेयर गर्नुहोस्






















