पहिरोले पुरिएर एक महिलाको मृत्यु

हेटौंडा टुडे
२०८२ भाद्र १५, आईतवार १६:५२ गते

हेटौंडा। जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो।

उहाँसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*