हेटौंडा। नेपाली बजारमा सुनको मूल्यले लगातार रेकर्ड कायम गरिरहेको छ । आज (बुधबार) सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ६८० रुपैयाँमा कारोबार भएको थियो । एकै दिन चाँदी २० रुपैयाँ बढेको छ ।
सेयर गर्नुहोस्


















