कात्तिक मसान्त सम्म मतदाता नामावली सङ्कलन गर्ने आयोगको निर्णय

हेटौंडा टुडे
२०८२ आश्विन ९, बिहीबार १५:२२ गते

हेटौंडा ।  निर्वाचन आयोगले आउँदो कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको आयोगको पदाधिकारी बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगका अनुसार माघ २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् । निर्वाचन घोषणापछि मतदाता नामावली सङ्कलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ ।

बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ अध्यादेशमार्फत संशोधन गरेका थिए । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेसँगै मतदाता नामावली संकलनको बाटो खुला भएको हो ।

यसअघि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएपछि नयाँ मतदाता नामावली सङ्कलन गर्न नपाउने व्यवस्था थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*