हेटौंडा । गृह मन्त्रालयले जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट हराएका हातहतियार र खरखजाना फिर्ता गर्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदर्शनका क्रममा लुटिएका वा हराएर फेला परेका हातहतियार असोज मसान्तभित्र बुझाउन आग्रह गरेको हो ।
असोज मसान्तभित्र त्यस्ता हतियार प्रहरीलाई बुझाउनेलाई सम्मान गरिने पनि मन्त्रालयले भनेको छ । भदाै २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी र कार्यालयबाट हतियार र खरखजाना लुटपाट भएको थियो । यदि स्वेच्छाले बुझाएमा सम्मान गरिने , त्यसपछि फेला परे कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ।

सेयर गर्नुहोस्


















