सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

हेटौंडा टुडे
२०८२ आश्विन २०, सोमबार ११:१५ गते

हेटौंडा। सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो ।  जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलामा २ हजार ९६० रुपैयाँ पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*