आज विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

हेटौंडा टुडे
२०८२ आश्विन २१, मंगलवार १०:५७ गते

हेटौंडा। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्ने भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार राष्ट्रिय परिषद् बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा महत्त्वपूर्ण निर्णय गर्नेछ ।

पछिल्लो अविरल वर्षापछिको बाढी र पहिरोका कारण ६० जनाको मृत्यु भइसकेको छ । केहि स्थानमा खोज उद्धारको कार्य जारी रहेकाले बाढी र पहिरोबाट भएको जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*