हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ भने चाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज एकैदिन ४ हजार २ सय रुपैयाँले घटेको हो।
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ भने चाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज एकैदिन ४ हजार २ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोला ४२ सयले घटेर २ लाख ३५ हजार कायम भएको छ।
बिहीबार सुन प्रति तोला २ लाख ३९ हजार २०० सय रुपैयाँमा कारोबार भएको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य थियो।
यता, सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेर ऐतिहासिक उचाइमा पुगेको छ। महासंघका अनुसार, आज चाँदीको मूल्य प्रति तोला १ सय ३० रुपैयाँले बढेर ३ हजार ८५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रति तोला २ हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

















