हेटौंडा । बिहीबार सेयर बजार १८.४० अंक घटेको छ । सो घटाइसँगै नेप्से २४८७ अंकमा झरेको छ । यसअघि अन्तिम पटक नेप्से परिसूचक २०८१ असोज १३ गते २४६४.४० को विन्दुमा कायम भएको थियो । त्यसयता परिसूचक २४०० को मनोवैज्ञानिक विन्दुमा झरेको थिएन । जुन आज बिहीबार यस विन्दुमा झरेको हो ।
दोहोरो अंकले घटेको बजारमा ७६ लाख ४३ हजार ६३५ कित्ता सेयरको खरिद-बिक्री हुँदा ३ अर्ब २७ करोड ५४ हजार रूपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारका दिन बुधवार मात्रै २२.५८ अंकले घटेर परिसूचक २५०५.५९ को विन्दुमा बन्द भएको थियो ।
आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबारका आधारमा भने मुक्तिनाथ विकास बैंक १५ करोड ३० लाख ९७ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।
सेयर गर्नुहोस्


















