आज सुनको मूल्य एकैदिन तोलामा ४ हजार८०० ले घट्यो

हेटौंडा टुडे
२०८२ कार्तिक २, आईतवार ११:१४ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्डको विन्दुबाट एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । आइतबार (कात्तिक २) सुनको मूल्यमा उक्त गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५३ हजार २०० रुपैयाँ कायम छ । गएको शुक्रबार छापावल सुन प्रतितोला दुई लाख ५३ हजार रुपैयाँमा किनबेच भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुबाट तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यो पनि मूल्य हालसम्मकै उच्च हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*