रोकियो खगेन्द्र सुनार र गणपतिलालको सपथ, २ जना मन्त्रीको मात्रै शपथ हुने

हेटौंडा टुडे
२०८२ कार्तिक ९, आईतवार १४:३७ गते

हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरे पनि आज २ जनाको मात्रै शपथ हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनारको शपथ रोकिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन्। उनीहरू दुई जनाको मात्रै आज शपथ हुने स्रोतले जनाएको छ।डा. सुधा पूर्व स्वास्थ्य सचिव हुन् भने बब्लु ‘१०० ग्रुप’ का अध्यक्ष हुन्।

प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा सिफारिस गरेकी थिइन्। त्यसअघि उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो। श्रेष्ठले भूमि मन्त्री बन्ने कि नबन्ने छलफलमै रहेको बताएका छन्।

साथै खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भएका थिए। उनीविरूद्ध तीन अदालतमा मुद्दा रहेको तथ्य बाहिर आएको छ। श्रेष्ठ र सुनारलाई आज मन्त्री नबनाइने स्रोतको भनाइ छ।

त्यसैले आज दुई जना मन्त्रीको मात्रै शपथ हुन लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*