हेटौंडा । कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय हुन नसक्ने प्रधानमन्त्रीको स्वकीय सचिवालयले स्पष्ट पारेको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।

सेयर गर्नुहोस्
















