हेटौंडा । आज बिहान मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मण्डनदेउपुर-७ झगारपुर निवासी चालक ‘स्टेरिङ’मा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो।
त्यसैगरी दुर्घटनामा टिपmरका सहचालक सोही वडाका २२ वर्षीय विक्रम राई गम्भीर घाइते भएका छन्। घाइते राईको शरीरका विभिन्न भाग जलेकाले थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।
प्रहरीका अनुसार दुर्घटना तथा आगलागीबारे थप अनुसन्धान गरिरहेको छ।
सेयर गर्नुहोस्
















