हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० कर्रा क्षेत्रमा विशेष सूचनाका आधारमा निगरानी सञ्चालन गर्दै खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति सोही ठाउँ बस्ने ३७ वर्षीय हर्कबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले पैदल हिँडिरहेको अवस्थामा उनलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ५४० मिलिग्राम खैरो हिरोइन (प्लास्टिकसहित तौल) फेला परेको जनाएको छ ।
उनी बसेको कोठाबाट २ थान फलामका रड पनि बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।

सेयर गर्नुहोस्


















