हेटौंडा ।प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक गरेर सरकारका कामबारे जानकारी दिने भएकी छन् । दिउसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाइएको बताइएको छ । दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी दिइने भएको छ ।
सेयर गर्नुहोस्


















