बाराको सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश

हेटौंडा टुडे
२०८२ मंसिर ४, बिहीबार १३:१० गते

हेटौंडा । बाराको सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी भएको छ ।

नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीचच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बने पछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको हो । वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*