हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

हेटौंडा टुडे
२०८२ मंसिर ९, मंगलवार ११:३१ गते

 हेटौंडा । हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा  जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको  हो।  जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका–१४ का ४५ वर्षीया धाना विष्टको आज विहान मृत्यु भएको हो ।

हात्ती बस्तीमा पसेर विष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन भाग्दै गरेको अवस्थामा उनलाई हात्तीले गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

जङ्गली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनी र झोलुङ्गे पुल प्रहरी पोष्टबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*