हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने भन्दै कार्यशैली सुधार्न युवाहरूलाई आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै मन्त्री पुनले अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास नहुने उल्लेख गर्दै अहिलेको युवा पुस्तासहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो फागुन २१ गतेको आम चुनाव भएकाले धेरै भन्दा युवा नेताहरू चुनावमार्फत आउनुपर्ने बताएका छन् ।
मन्त्री पुनले बुढा नेताहरू लोभी पापी र स्वार्थी समूहहरूले घेरिएकाले देशको आगामी निर्वाचनमा सबै बुढा नेताहरूलाई हराएर युवाहरू आउनुपर्ने बताएका छन् ।

सेयर गर्नुहोस्


















