हेटौंडा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
उकालो सडकमा जिपले नतानेपछि यात्रु ओराल्ने क्रममा जिप व्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट झन्डै एक किलोमिटर तल खसेको छ ।
घाइतेहरूलाई उद्धार गरी नवलपुर डन्डास्थित प्रादेशिक अस्पताल पठाइएको छ ।
सेयर गर्नुहोस्






















