हेटौंडा । फिल्म ‘झरीपछिको इन्द्रेणी’ आज देखि हलमा लागेको छ। सामाजिक विषयवस्तुमा आधारित फिल्ममा अहिलेको देशको समसामयिक विषयवस्तु समेटिएको छ। अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म हो।
गत आइतबार बालेन शाहको स्वरमा सार्वजनिक गीत आम नेपाली बुवा ले रिलिजको २४ घण्टाभित्रै युट्युबमा १० लाखभन्दा बढी भ्युज हासिल गरेर चर्चा गरेको छ ।
फिल्ममा निर्देशक पाँडेसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।
नागराज इन्टरटेन्मेन्ट प्रा.लि.ले निर्माण गरेको फिल्मको कथा निर्देशक स्वयंले लेखेका हुन्। पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले सहकार्य गरेका छन्।
फिल्मले सामाजिक–पारिवारिक कथा प्रस्तुत गर्दै एउटा सामान्य नागरिकको स्वाभिमान र परिवारको रक्षा गर्न संघर्षको कहानी देखाउँछ। ट्रेलर अनुसार, ‘झरी’ पछि आउने खुसीको प्रतीक ‘इन्द्रेणी’ फिल्मको मुख्य संदेश हो, जसले भ्रष्ट्राचार र बेथिति विरुद्धको सामाजिक सन्देश पनि दिन्छ।


















