हेटौडा । एमाले बागमति प्रदेश कमिटी सदस्य तथा मकवानपुर जिल्लाका पूर्व उपसभापति वद्री प्रसाद लम्सालद्धारा एमाले परित्यागको घोषणा गर्नु भएको छ । लम्सालले आज सामाजिक सन्जाल फेसवुकमा एक स्टाटस लेख्दै एमाले परित्यागको घोषण गरेको उल्लेख गर्नु भएको छ ।
एमाले पार्टी परित्यागको घोषणा गर्दै यस्तो लेखे लम्सालले
कलिलो उमेरमा नै २०३६ को जनआन्दोलनबाट प्रभाबित भएर२०३७सालमा अनेरास्वबियुमा संगठित जिवन शुरुआत गरि विद्यार्थीसंगठनको युवा संघको र किसान संगठनको समेत जिल्ला नेतृत्वमा रहेर काम गरियो पार्टि कमिटीमा पनि बिभिन्न तहमा हुदै लामो समय काम गर्दै जिल्लाको नेतृत्वमा समेत रहेर जिम्मेवारि पुरा गरियो साथै जननिर्वाचित प्रतिनिधि र बिभिन्न सामाजिक एवं सामुदायिक संघ संस्थामा रहेर काम गर्ने अवसर प्राप्त भयो।राजनैतिक जिवनका यो क्रममा २०३७ देखि २०६३ सम्मका सबै आन्दोलनमा र अन्य अभियानमासक्रियतापुर्वक अग्रभागमा रहेर लागियो भने पंचायत कालमा भुमिगत पुर्णकालिन संगठकको भुमिका र जेल जिवनको अनुभव समेत प्राप्त भयो ।हालसम्म आईपुग्दा करिब ४० बर्ष पुर्णकालिन राजनितिककर्मी भयर बिताईए छ।
माथिका यी भुमिका निर्बाहा गर्दा पार्टी रनेतृत्वबाट सहयोग हौसला प्राप्त हुन्थ्यो र त्यसबाट प्रभावित भई उर्जाशिल भयर काम गरियो ।बिगतमा ईमान्दारीपुर्वक सक्रिय भयर काम गर्ने क्रममा आफ्नै पार्टि भित्रबाट कयौ पटक छेउ किनारा लगाउने राजनितिबाट नै बिचलन गराउने प्रयास गरियो तर अविचलित रुपमा आजका दिनसम्म एक दिन पनि कमिटी र जिम्मेवारीबाट बाहिर नबसी काम गर्दै आयकोमा करिब एक बर्ष देखि लामो समय देखि एकै प्रकारको भुमिका आफुमात्र बसिरहदा नयाले अवसर पनि नपाउने आफुले पनि मन खुलेर काम गर्न पनि नसक्ने,त्यसै गरि जिम्मेवारि र कामको कमिटी भित्र मुल्याङकन हुदैन नेतृत्वको अपेक्ष्या सकृय भुमिका बढाउनु भन्दाखुम्च्याउदै लान खोज्ने र अझ मुख्यगरि वर्तमानका राजनैतिक पार्टिहरुका नेतृत्वहरुको भुमिका र ब्यबहारले देशलाई ठिक गन्तब्यमा पुराउछ भन्ने विश्वास नै मरेको हुदाअब यस्तो राजनैतिकसकृयताको केही काम छैनभनि सकृयता घटाउन पर्छ कि भन्ने अन्तरमनमा लागेर कुनै घोषणा नगरि निस्कृय पुर्बक हराउन खोजेको थिय तर अघोषित रुपमा बस्दा परिस्थितिले हराउन दिदोरहेनछ त्यसैले सार्वजनिक रुपमा नै आज देखि पार्टिको कुनै पनि सदस्यता र जिम्मेवारीमा नरहने निर्णय गरि करिब ४० बर्षिय सकृय राजनितिबाट बिदा लिएकोसबैमा जानकारीको लागि घोषणा गरेको छु।राजनिति गर्ने भन्ने कुरा अन्तरआत्मा बाटै आउने र स्वेच्छिक पनि रहेछ ।अन्तरमनबाटै जाग्यो भने मान्छेले जिवननै समर्पण गर्छ मन मरे पछि जब्बरजस्त केही काम पनि गर्दैन गरिहाले पनि सकारात्मक परिणाम दिदैन।त्यसैले पार्टिभित्र गुनासो गरेर वा गुटबन्धि गरेर बस्नु भन्दा राजनितिबाटनै स्वतन्त्र भयर खुसिसाथ हिड्नु ठिक लागेर यो निर्णयमा पुगेको छु।पार्टि निर्माण हुदाको शुरुअबस्था देखि नै आफुले पनि रगत पसिना बगायको र जिन्दगीका उर्जासिल उमेर समेत त्यसकै लागि दियको हुदा परित्याग गर्न गाह्रो नै पर्दोरहेछ खैर केही छैन।ब्यक्तिगत रुपमा कोही प्रति गुनासो छैन जिन्दगीको यात्रामा हासिखुसी सबैसंग हातेमालो गरौला अन्तमा मलाई केही गर्न सक्ने बनायकोमा र बिभिन्न क्षेत्राम मलाई भुमिका दियकोमा पार्टिप्रति आभारीछु धन्यवाद ब्यक्त गर्दछु।
बद्री प्रसाद लम्साल
बागमति प्रदेश कमिटी सदस्य
नेकपा एमाले
सेयर गर्नुहोस्


















