मकवानपुर अदालतको फैसलाः किर्ते नागरिकतामा वडाध्यक्ष सहित सात जनालाई कैद सजाय

हेटौंडा टुडे
२०८२ पुष ७, सोमबार १४:०६ गते

हेटौंडा ।  किर्ते नागरिकता प्रमाणपत्र बनाएको तथा झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दुई देखि आठ वर्ष वर्षसम्म कैद सजाय सुनाएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष,वडा सचिव सहित ७  जना विरुद्ध किर्ते नागरिकता प्रमाणपत्र बनाएको तथा झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा यस्तो फैसला भएको हो।

जिल्ला अदालत मकवानपुरले बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोन  सहित सात जनालाई दुई वर्ष देखि आठ वर्ष सम्म कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश पूर्णिमा कोईरालाको एकल इजलासले आइतबार जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। त्यसैगरी घटनामा संलग्न  पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई अदालतले आठ वर्ष कैद तथा एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकेको छ।

अदालतका अनुसार नागरिकता सम्बन्धी कसुरमा पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तथा पञ्जीकरण कसुरमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*