हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मा ३ दिन बिदाको घोषणा गरेको छ ।
गाउँ कार्यपालिकाको कार्यालय, राक्सिराङ्गद्वारा जारी सूचनाअनुसार गाउँपालिकाभित्र इसाई धर्मावलम्बीहरूको उल्लेख्य बसोबास रहेकाले मिति २०८२ साल पुस १०, ११ र १२ गते (तदनुसार सन् २०२५ डिसेम्बर २५, २६ र २७ तारिख) सार्वजनिक बिदा प्रदान गरिएको हो। उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक तथा सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरू बन्द रहने जनाइएको छ।
‘इसाई धर्मावलम्बीहरुले रहेक वर्षको डिसेम्बर २५ का दिन मनाउने ख्रिष्टमसको उपलक्ष्यमा स्वेदश तथा विदेशमा रहनुभएक सम्पूर्ण इसाई धर्मावम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीघायू, खुस, शान्ति, सम्बद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्ति गर्दछौँ’, सूचनामा भनिएको छ, ‘यसै अवसरमा गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोले पालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय तथा शिक्षण संस्थाहरु बन्द रहेनछन् ।’



















