मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हेटौंडा टुडे
२०८२ पुष ९, बुधबार १४:०२ गते

हेटौंडा । झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राईको मृत्यु भएको हो ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*