हेटौंडा । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव (मतदान)को ४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर अहिले सरोकारवाला सँग सल्लाह सुझावका लागि लागु गर्ने तयारी गरेको हो ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो। आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन्। यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ।
जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ। आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत
कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिता २०८२ को मस्यौदामाथि अहिले रायसुझाव माग्ने काम भइरहेकाले आगामी साता राजनीतिक दल र सरकारसँग छलफल गरेर अन्तिम रूप दिने तयारीमा आयोग लागेको बताएका छन् ।


















