हेटौडा टुडेकर्मी “देवकोटा कान्छो मनोज ” सम्मानित

हेटौंडा टुडे
२०८२ पुष १२, शनिबार १९:२० गते

हेटौडा । रानी सामुदायिक वन उपभोक्ता समुह हेटौडा – ६ को २९ औ बार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । सभाको अवसरमा सामुदायिक वन सम्बन्धि क्रियाकलापलाई पत्रकारिता  मार्फत  प्रचार- प्रसार गराई जनस्थर सम्म पुराउने काम गरेको र  यस वनको गरिमालाई उच्च राख्न महत्वपूर्ण योगदान  गरेको भन्दै हेटौडा टुडेका सन्चालक “देबकोटा कान्छो मनोज” लाई आज सम्मान गरेको छ । उनलाई सम्मानपत्रले कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाका उप – प्रमुख राजेश बानियाँले नगद सहित सम्मान गर्नु भएको हो । स्थानीय पत्रकारिता र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय योगदान दिँदै आएको र  पत्रकारिता क्षेत्रमा निरन्तरता, निष्पक्ष समाचार प्रस्तुति र समुदायसँगको नजिकको सम्बन्धका कारण उनलाई उक्त सम्मान प्रदान गरिएको हो । देबकोटा बिगत १६ बर्ष देखि पत्रकारितामा सक्रिय रुपमा कार्यरत रहदै आएका  छन् । बिगत एक दशक रेडियोमा काम गरेका देबकोटा अहिले अनलाइन मिडिया र डिजिटल प्लेटफर्म मार्फत मकवानपुरको आवाज राष्ट्रिय स्तरसम्म पुर्याउन काम गर्दै आईरहेका छन । सनिवार  संचारकर्मी एवं पत्रकार देबकोटा सहित १८  जनालाई सामुदायिक वनले सम्मान गरेको हो । कार्यक्रममा सम्मनित हुनेहरुमा  निवर्तमान अध्यक्ष श्री विष्णुप्रसाद न्यौपाने, निवर्तमान सचिव  श्री नानी माया रुम्बा, निवर्तमान सह – सचिव दीपक सापकोटा, निवर्तमान सदस्य श्री सन्ध्या श्रेष्ठ, निवर्तमान सदस्य श्री अम्बिका वि.क. निवर्तमान सदस्य श्री शत्रुधन दुलाल, निवर्तमान सदस्य श्री पार्वती न्यौपाने, निवर्तमान लेखा समिति संयोजक श्री श्यामकुमार श्रेष्ठ, निवर्तमान लेखा समिति सदस्य श्री केशव प्रसाद कोइराला, डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत श्री हेमबहादुर पाठक,निर्वाचन समिति संयोजक  श्री अर्जुन प्रसाद चौलागाई, निर्वाचन समिति सदस्य  श्री रामहरी चौलागाई, निर्वाचन समिति सदस्य  श्री साधुराम चौलागाई,विद्यार्थी  श्री सौरभ सापकोटा,विद्यार्थी  श्री अनुष्गा हुमागाई, ज्येष्ठ उपभोक्ता श्री ठुलीमाया पाख्रिन,ज्येष्ठ उपभोक्ता श्री पूर्णबहादुर राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता र स्थानीय जन प्रतिनिधि सराेकारवाला ब्यक्तिहरु, पत्रकार उपभोक्ता  लगाएतकाको उपस्थिति रहेको थियो । कार्यक्रम रानी सामुदायिक वनका अधयक्ष् केशव धितालको सभा अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*