हेटौंडा । आइतबार बिहान रास्वपा सभापति रवि र र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच सहमति भएको छ। बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सातबुँदे सहमति भएको हो। त्यस्तै पार्टी सभापतिमा भने लामिछाने रहने सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी,दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने उल्लेख छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने सम्झौता पत्रमा उल्लेख छ।
जेन जेडका संयोजक सुदन गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौतामा टिप्पणी गरेका छन्। रवि र बालेनबीच सम्झौता पछि अब रास्वपाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा ध्यान दिनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’अब आरएसपी (रास्वपा)ले चुनावको तयारीमा ध्यान दिनसक्छ।हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौं।जय देश।’


















