हेटौंडा सडक विस्तार विवादमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

हेटौंडा टुडे
२०८२ पुष १३, आईतवार १२:०७ गते

हेटौंडा । हेटौंडा बजार क्षेत्रको सडक विस्तार बारे विवादमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । रास्वपा नेतृव एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले दायर गरेको रिट निवेदन आज तोकिएको पेसी अघि बढेको हो । आजको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको इजलासमा पेसी तोकिएको छ । यसअघि पुस २ र असोज ६ गते तेकिएको पेसी हेर्न नमिल्ने र नभ्याइनेमा परेपछि सुनुवाइ स्थगन भएको थियो ।

हेटौंडाको मुख्य बजार क्षेत्रको २५/२५ मिटर सडक विस्तारका लागि मङ्सिर २० गते रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुल (महेन्द्र राजमार्ग) र बुद्ध चोकदेखि चौकीटोल (त्रिभुवन राजपथ)को ९.५ किलोमिटर मध्ये ७ किलोमिटर क्षेत्रको सडक सिमामा रहेका ५०० बढी घरहरू गरेर सडक डिभिजन कार्यालयले जेसिवी प्रयोग भत्काइएको थियो ।

डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरूले सडक विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि सम्पत्तिको अधिकार र मुआब्जाको माग गर्दै मङ्सिर १६ मा स्थानीयहरू सर्वोच्च पुगेका थिए ।  सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले मङ्सिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त मुद्दामा मङ्सिर २६ मा पेसी तोक्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश समेत दिएको थियो । मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश ‘मिसिल झिकाउने आदेश’ जारी गरेको थियो । पुस २ गते तोकिएको पेसीमा न्यायाधीश तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको इजलासमा ‘हेर्न नमिल्ने’ परेको थियो भने पुस ६ गतेको पेसीमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*