यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका ६ निर्णय

हेटौंडा टुडे
२०८२ पुष २८, सोमबार १६:०० गते

हेटौंडा । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानबापतको दुई लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न पनि स्वीकृति दिएको छ।

यसका साथै, सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि नेपाल सरकारले तीन लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

यस्तै, गोरखापत्र संस्थानको रिक्त अध्यक्ष पदमा भक्तपुरका गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ। यी निर्णयहरूसँगै सरकारले वैदेशिक सहायता, आन्तरिक नीति निर्माण र प्रशासनिक नियुक्तिलाई एकसाथ अघि बढाएको छ।

यस्ता छन् निर्णयहरू :

– अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासकेन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने ।

– वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने ।

– २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने ।

– मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने ।

– गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्द प्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने ।

– संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*