बालेनले आज मेयरबाट राजीनामा दिने तयारी

हेटौंडा टुडे
२०८२ माघ ४, आईतवार ११:३१ गते

हेटौंडा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। मेयर बालेनले  आज राजीनामा दिने तयारी रहेको उनको सचिवालयले जनाएको छ।

मेयर बालेनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउनेछन्।

मेयरबाट राजीनामा दिएपछि मेयर बालेन भोलि (सोमबार) पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर जाने कार्यक्रम तय भएको छ।जनकपुरमा  पार्टी प्रदेश कमिटीले जनकपुरमा विस्तारित भेला राखेको छ। भेलामा मधेस प्रदेश समितिका पदाधिकारी, सदस्य, आठवटै जिल्ला समितिका सभापतिहरूलाई बोलाइएको छ।

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिन लागेका हुन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रने पक्का भएको छ।

राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको यो कदमसँगै बालेन आजैदेखि देशव्यापी अभियानमा निस्कने छन्।

जनकपुरमा हुने राजनीतिक कार्यक्रमलाई उनीहरूले संयुक्त रूपमा सम्बोधन गर्ने बुझिएको छ। काठमाडौँको मेयरका रूपमा बालेनको कार्यकाल र उनको राजीनामाले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*