हेटौंडा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रमा कुल ४४ जनाले मनोनयन दर्ता गरेका छन्।
मकवानपुर–१ बाट २३ र मकवानपुर–२ बाट २१ जनाले उम्मेदवारी दिएका हुन्। यस पटक मकवानपुरमा युवा र अनुभवी दुवै प्रकारका उम्मेदवारहरू मैदानमा छन्।
उनीहरु आज बाटनै चुनावी प्रचार प्रसारको काममा जुटेका छन् । उनीहरु आफ्नै तरिकाले जनताका माझमा बिभिन्न बाचा लिएर पुग्न थालेका हुन् । बिशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा, राजश्वपा, राप्रपा लगायतका उम्मेदवारहरु आफ्ना चुनावी प्रचार प्रसारमा जुटेका हुन् ।
मकवानपुर–१ बाट १३ जना दलका उम्मेदवार र १० जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्। यस क्षेत्रका मुख्य उम्मेदवारमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपा (एकीकृत समाजवादी) का विजय गौतम, नेकपा (एमाले) का रामेश्वर राना, र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तेजप्रसाद उप्रेती रहेका छन्।
अन्य दलका उम्मेदवारमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल का दीपक बहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल का प्रकाश गौतम, जनता समाजवादी पार्टी का दीपक सिन्तान, नेकपा माओवादी केन्द्र का महेश नेपाली, मंगोल नेशनल अर्गनाइजेशन का युवराज लामा, नेपाली मजदुर किसान पार्टी का रञ्जना सुवाल मगजु, जनता समाजवादी पार्टी नेपाल का रुपक लामा, श्रम संस्कृति पार्टी का विद्या श्रेष्ठ महर्जन, र उज्यालो नेपाल पार्टी का सुरेन्द्र लामालगायतका उम्मेदवार रहेका छन्।
स्वतन्त्र उम्मेदवारको सूचीमा अमर दंगाल, अमिक परियार, टिका प्रसाद चौलागाई, प्रमिला कुमारी खतिवडा, मिठु कुमारी मगर, राकेश कुमार शर्मा, रामकुमार खड्का, राजाराम बोगटी, सुशीला सुवेदी र ज्ञान सागर लामालगायत छन्।
यस्तै, मकवानपुर–२ क्षेत्रबाट १६ दलका उम्मेदवार र ५ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। मुख्य उम्मेदवारमा नेकपा (एकीकृत समाजवादी) का लवशेर विष्ट, नेपाली कांग्रेस का बुद्ध लामा, नेकपा (एमाले) का महेश बर्तौला, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का सन्तोष विष्ट रहेका छन्।
अन्य दलका उम्मेदवारमा श्रम संस्कृति पार्टी का युनिश लामा, उज्यालो नेपाल पार्टी का प्रविन कुमार स्याङतान, राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल का प्रशान्त उप्रेती, मंगोल नेशनल अर्गनाइजेशन का हिरालाल स्याङतान, नेशनल रिपब्लिक नेपाल का सुर्य तामाङ बल, आम जनता पार्टी का सुर्य राई, नेपाली मजदुर किसान पार्टी का सरोज तामाङ, संयुक्त नागरिक पार्टी का शुभराज प्रजा, नेकपा माओवादी केन्द्र का राम घलान, राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल का रामबहादुर थोकर, जनता समाजवादी पार्टी का छविलाल वाइवा, र जनमोर्चा का निरबहादुर सिन्तान रहेका छन्।
स्वतन्त्र उम्मेदवारमा अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सितामाया बलले उम्मेदवारी दर्ता गरेका छन्।
मुख्य निर्वाचन अधिकृत गिता श्रेष्ठका अनुसार, मनोनयन दर्ता प्रक्रिया आज मङ्गलबार बिहान १० बजेबाट साँझ ५ बजे सम्म सम्पन्न भएको हो।




















