हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवार विरूद्ध उजुरी दिन सकिने भएको हो ।
उजुरी उपर छानविनपछि आयोगले माघ ८ गते साँझ पाँच बजेसम्ममा अन्तिम नामावली प्रकाशन गर्ने छ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको जनाएको हो । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने भएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि दलतर्फ दुई हजार ९२५ जना र एक हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएको निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतले जानकारी दिए ।
सेयर गर्नुहोस्


















