सिद्वार्थ माविको स्वर्ण महोत्सवमा आयोजना गरीएको हाजिरी जवाफमा तुलसीमेहर प्रथम

हेटौंडा टुडे
२०८२ माघ ७, बुधबार १२:०३ गते

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका–२ मा रहेको  सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मंगलबार आयोजित नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम स्थान हासिल  गरेको छ ।

विद्यालयको बाल समूहको आयोजना तथा हेटौंडा वडा नम्बर २ को सहकार्य र व्यवस्थापनमा भएको प्रतियोगितामा हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमी द्वितीय,हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतन माध्यमिक विद्यालय तृतीय र हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालय सान्त्वना स्थान हासिल गरेका छन् ।

May be an image of one or more people, crowd and text

प्रथम,द्वितीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल भएका विद्यालयले क्रमश नगद ५० ,२५ ,१५ र ५ हजार नगद रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौंडामा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुमा ३६ वटा विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक बाल कुमार श्रेष्ठले बताएका छन् । प्रतियोगिताको पहिलो चरणबाट उत्कृष्ट १४ जना छनोट गरिएको थियो । दोस्रो चरणमा उत्कृष्ट ८ वटा विद्यालय छनोट गरी अन्तिमा राउन्डमा  ४  विद्यालय विजेता बनेको हुन। विजेताहरुलाई बिहीबार स्वर्ण महोत्सवको समापन समारोहमा पुरस्कार वितरण गरिने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक टिका प्रसाद दाहालले बताएका छन् ।

साथै माघ ७ गते, आज विद्यालयको बृहत सास्कृतिक कार्यक्रम र शैक्षिक तथा खेलकुद, पुरस्कार वितरण हुने भएको छ। त्यसैगरी, माघ ८ गते स्वर्ण महोत्सव कार्यक्रमको अन्तीम दिन रहेको छ। सो दिनमा सम्मान, पुरस्कार वितरण तथा समापन कार्यक्रम हुनेछ। माघ ७ गते, अतिथिको रुपमा प्रमुख, जिल्ला समन्वय समिति मकवानपुरको, ललित घलान रहेका छन् र माघ ८ गते, हेटौंडा उपमहानगरपालिकाको मेएर मिना कुमारी लामा रहेका छन।

May be an image of crowd

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*