हेटौंडा । स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवा मार्फत परिवारको पाँच जनाको एक आर्थिक वर्षमा २५ हजार सम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो ।
बीमित नागरिकको सेवा उपभोगलाई थप प्रभावकारी बनाउनुको साथै बोर्डको व्ययभार कम गर्ने उद्देश्यले पुष २४ गतेको बैठकले सुविधा थैलीमा सो सुविधा निर्धारण गरेको हो ।
उक्त व्यवस्थामा प्रत्यक थप एक (१) सदस्य बराबर पाँच हजार रुपैयाँ बराबरको सेवा सुविधा थप गरेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार आगामी फागुन १ गतेदेखि सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले लागु गर्ने भएका छन् ।

सेयर गर्नुहोस्


















