हेटौंडा । नेपाली बजारमा मंगलबार (माघ २७ गते) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९०० रुपैयाँले बढेर तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज १० रुपैयाँ घटेर पाँच हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
सोमबार चाँदी प्रतितोला पाँच हजार २५० रुपैयाँ पुगेको थियो
सेयर गर्नुहोस्
















