अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनासम्म अनसन, जुलुस, प्रदर्शन जस्ता विरोधका कार्यक्रम गर्न निषेध

हेटौंडा टुडे
२०८२ माघ २९, बिहीबार ११:५६ गते

हेटौंडा। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटभन्दा भित्रको भागमा निषेधाज्ञा जारी गरेको छ । गोल्डेनगेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडकमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) को व्यवस्थाबमोजिम मिति २०८२/१०/२९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्म १ (एक) महिनासम्मका लागि विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ’, प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रशासनले निषेधाज्ञाविपरीत सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१ बमोजिम क्षतिको मूल्यांकन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्तिवापतको रकम असुल्ने जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह १ फागुनमा उपत्याकाबाहिरबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ । सो दिन शाहलाई स्वागतका लागि विमानस्थलमा आउन राप्रपा नेताहरूले अपिल गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

940x380-निषेधित_क्षेत्र-(1)-1770872675-1770874091.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*