मोटरसाइकल नालीमा खस्दा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ फाल्गुन १२, मंगलवार ११:३२ गते

हेटौंडा । मकवानपुरको फापरबारीमा मोटरसाइकल नालीमा खस्दा एक जनाको मृत्यु भएको छ।  सोमबार बेलुकी मकवानपुरको बागमती गाउँपालिका-८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा प्र.३-०२-००५ प १००८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा बकैया गाउँपालिका-८ बस्तिपुरका ४० वर्षीय प्रेमबहादुर गोले छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार  उनी सवार मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो।

गम्भिर घाइते उनको  उपचारको क्रममा हेटौडा अस्पतालमा ज्यान गएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*