संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

हेटौंडा टुडे
२०८२ चैत्र २२, आईतवार १०:३८ गते

हेटौंडा । संघीय संसद्‌अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ ।
अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । बिहान ११ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ । बैठकमा सभाध्यक्षले विषयगत समितिहरूमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । साथै, अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम पनि मनोनयन गरिनेछ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*