हेटौंडा। सशस्त्र प्रहरी बलको १३औँ महानिरीक्षक आईजीपीमा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन् । उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए । सशस्त्र प्रहरी सेवा नियमावलीले सेवा प्रवेश गरेको ३० वर्षमा अनिवार्य अवकाशको व्यवस्था गरेको छ ।
सेयर गर्नुहोस्

















