बागमती प्रदेश यातायात सेवा कार्यालयका कर्मचारीमा कोरोना पुष्टि,कार्यालय ३ दिनका लागि बन्द

टुडे संवादाता
१६ कार्तिक २०७७, आईतवार १६:२५

हेटौंडा /बागमती प्रदेश यातायात सेवा कार्यालय आजबाट ३ दिनसम्मको लागि बन्द गरिएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हुँदा सेवाग्राहीहरुलाई प्रदान गरिँदै आएको सबै सेवाहरु स्थगित गर्न बाध्य भएको जनाइएको छ ।

यातायात कार्यालयको राजश्व फाँटमा कार्यरत रहेका केही कर्मचारी र सो कार्यालयको राजश्व बुझ्ने नेपाल इन्भेस्टमेन्ट बैँक हेटौँडा शाखाका कर्मचारीहरुमा समेत कोभिड १९ को संक्रमण पुष्टि हुँदा यातायात सेवा कार्यालयले आफ्नो सबै सेवा स्थगित गर्नुपरेको सो कार्यालयका कार्यालय प्रमुख भक्तराज भण्डारीले बताएका छन् ।

उनले कार्यालयको सेवा बन्द गर्नुपरेको विषयमा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा जानकारी दिइसकिएको पनि बताए ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट बैँकका १३ जना कर्मचारी मध्ये १० जना कर्मचारीलाई कोभिड–१९ पुष्टि भएको हुँदा सो बैँकले पनि आजबाट सबै प्रकारका सेवाहरु केहीदिनका लागि बन्द गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*