हात नै इन्ची टेप सरह 

सागर सापकोटा 
१६ पुष २०७७, बिहीबार १८:०९

हेटौंडा/समान्यतया हरेक कपडा सिउनेहरुले कपडा नाप्न इन्ची टेपको प्रयोग गर्दछन्, इन्चि टेपले नापेर कपडा काट्ने गर्दछन् । तर यस्ता हस्ती जो कपडा सिउने बेला इन्ची टेप बिना नै कपडा सहजै सिलाईदिन्छन ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बस्ने गणेश बहादुर परियार इन्ची टेप बिना नै कपडा सिलाउँछन् । ललितपुर जिल्लाको बिकट ठाउँ प्युटारमा जन्मेका गणेश बहादुर बिगत ६० वर्ष देखि कपडा सिलाउदै आएका छन् । जन्म थलो प्यूटार भएका गणेश बहादुरको कर्म थलो चाँही मकवानपुरगढी रह्यो ।

कपडा सिउनेहरुले कपडा नाप्न इन्ची टेपको प्रयोग गर्दछन्,इन्ची टेपले नापेर कपडा काट्ने गर्दछ , तर गणेश बहादुर परियार भने बित्ता र अम्मलले कपडा नप्नेर कपडा काटने गर्दछन् ।

 

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित सिमलटार बस्दै आएका परियार विगत ६० वर्ष देखि बित्ता र अम्मलको भरमा कपडा नाप्ने अहिले सम्म फरक र कसैको दोष ,गाली सहनु नपरेको उनी बताउँछन् ।

बाबुबाजेको खानदानी पेशा आँगालेका गणेश परियार राष्ट्रिय पोसाक दौरासुरुवाल,कमिज लगायत नेवारी पोशाक हाकुपटासी, चोली, पछ्यौरी सिलाउने गर्दछन् ।

 

उनका हातका २ बित्ता ८ अम्मल लिदाँ २२ ईन्च हुन्छ । त्यस्तै चोलीको धुरा राख्न् १० अम्मल लिई १४ ईन्चको गणना गर्दछन् । कठालोमा एक बित्ता २ अम्मल लिने गर्दछन् ।

 

एकजना कुशल श्रमजिवी सफल हुन परिवार बाट पनि उत्तीकै सहयोगको खाँचो पर्दछ । टेर्लर मेसिन,कैचि,सियो,धागो नै उनको जिन्दगिको सारथी बन्यो । यही पेशाबाट गुजरा गरीरहेको गणेश परियारको परिवारका सदस्यहरुबाट पनि उतिकै सहयोग पाउनुभएको छ ।

गणेश परियारका ७ छोरा र ३ छोरी छन् । अहिले उनका छोराहरु कुनै ड्राईभर पेशामा छन् भने कोहि रोजगारीको सिलसिलामा पर्देसिएका छन् । छारोहरुको आफ्नै बन्दोबस्ता भएको र छोराहरुबाट पुरा सहयोग पाएको उनी बताउँछन् ।

 

७ छोरा र ३ छोरीलाई जन्म दिने आमा मनमाया परियार ,गणेश परियारका श्रीमती कपडा सिउने पेशामा उनको पनि ठुलो योगदान रहेको छ । खेतीबाली, भकारो/पाँधेरो र भात/भन्छाको काम बाहेक बाँकी समय श्रीमानसँगै कपडा सिउने गर्छिन । आफू सफल हुन श्रीमतीको ठुलो साथ रहेको गणेश पयिार बताउनुहुन्छ ।

बिगत ६० वर्ष देखि टेर्लरमेसिन,सियो धाको र कौची सँगै दिन काट्दै आएका छन् । सानै बाट बाबुबाजेले सिकाएका यो पेसाले आफू खुसि,सन्तुष्टी साथै बुढेसकालमा दिन काट्न सहज भएको बताउछन् ।

पछिल्लो समय आधुनिक विधिबाट टेर्लरिङ ब्यवसाय गरेका हेटौंडामा प्रशस्त रुपमा भेटिन्छन् । धेरैले यहि पेशा आँगालेर  खुसि र सफल ब्यवसायिहरु बनेका ज्वलन्त उदाहारणहरु छन् । तर गणेश परियार यस्ता हस्ति हुन् जो गाउँमा रहेर धरै पुरानो विधिबाट कपडा नापेर जिन्दगी धान्दै आएका छन् । अब यस्ता हस्तिहरु बिरलै मात्रामा भेटिन्छन । विज्ञानलाई चुनौती दिँदै यस्ता हस्तीहरु सदैव प्रेरणाको स्रोत बन्न सक्दछन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*