नेकपा मकवानपुरको हेटौँडा ५ मा रहेको पार्टी कार्यलयमा तालाबन्दी

टुडे संवादाता
२७ पुष २०७७, सोमबार १६:००

हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मकवानपुरको हेटौँडा ५ मा रहेको पार्टी कार्यलयमा आज तालाबन्दी भएको छ ।

नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वार राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेशकुमार बर्तौला, नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, पार्टीका जिल्ला नेताहरु, जनसंगठनका नेताहरुको सहभागितामा आज तालाबन्दी गरिएको हो ।

पार्टी कार्यलयको संम्पती सुरक्षा र अदालतमा यो विषयले प्रवेश गरेको भन्दै छिनोफानो नभइन्जेलको लागि सुरक्षा आवश्यक रहेको भन्दै आफुहरुले तालाबन्दी गरेको केन्द्रीय सदस्य रानाले बताए ।

तालाबन्दी कार्यक्रममा बोल्दै नेकपा मकवानपुरका अध्यक्ष श्रेष्ठले पार्टी कार्यलय हजारौ नेकपाको रगतपसिनाबाट बनेको भन्दै कार्यलयको सुरक्षा आफुहरुको प्राथकिमकतामा परेको बताए ।

केपी शर्मा ओली नेतृत्वको नेकपानै आधिकारिक नेकपा भएको भन्दै चोइटिएर गएकाहरुलाई गर्दईमा रहेको कार्यलय प्रयोग गर्न समेत उनले आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*