बागमती प्रदेश सभाको बैठक शुक्रबार बस्ने

हेटौडा टुडे
८ माघ २०७७, बिहीबार २०:२६

हेटौंडा । बागमती प्रदेश सभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो ।  विहिबार दिउँसो प्रदेशसभा बैठक संचालन गर्ने विषयमा सहमति नजुटेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको थियो । बैठकमा संसदमा सहभागी सबै दलले शुक्रबार बैठक बोलाउन सहमति जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले थप छलफल गर्नुपर्ने भन्दै निष्कर्ष दिन सकेका थिएनन् । चौतर्फी दवावपछि विहिबार बेलुका बैठक बस्ने सूचना सांसदहरुलाई गराईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*