मकवानपुरको कैलाश गाउँपालिकामा नेकपा कैलाशको अगुवा कार्यकर्ता भेला सम्पन्न

टुडे संवादाता
१० माघ २०७७, शनिबार १८:१५

हेटौंडा/मकवानपुरको कैलाश गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा कैलाशको अगुवा कार्यकर्ता भेला शनिबार सम्पन्न भएको छ ।

शनिबार गाउँपालिकाको वडा नंबर ६ को गोगने डाडाखर्कमा भएको अगुवा कार्यकर्ता भेलालाई नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज रामेश्वर राना तथा केन्द्रीय सदस्य महेश बर्तौला सम्बोधन गर्नुभएको थियो ।

भेलालाई सम्बोधन गर्दै पार्टी फुटको अवस्थाको पुग्नुको कारण पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल रहेको दाबी गर्नुभएको थियो । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतामाझ आउन चुनाव मिति घोषणा भैसकेकोले चुनावको तयारीमा लाग्न समेत आग्रह गर्नुभएको छ ।

भेलामा नेकपा मकवानपुरका जिल्ला सदस्यहरु लालबहादुर थापा,बच्चुराम ढुंगना,पूर्ण भण्डारी,कैलाश नेकपा सचिवालय कमिटिका सदस्यहरु महेश चेपाङ,गौरीशंङकर बर्तौला,राजकुरमार बल लगाएतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*