नगरकप खेलाडीलाई वडा कार्यालयद्वारा खेलकुद सामाग्री प्रदान

टुडे संवादाता
१३ फाल्गुन २०७७, बिहीबार १८:१८

हेटौंडा/नगरकप खेलाडीलाई वडाद्वारा खेलकुद सामाग्री हेटौंडा उपमहानगरपालिका ९ नं. वडा कार्यालयले नगरकप फुटबल तथा भलिबल खेल्ने खेलाडीहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।

हेटौंडामा फागुन १४ गतेबाट सुरु हुने मेयरकप वडास्तरीय फुटबल प्रतियोगिता र १९ गतेबाट सुरु हुने उपमेयरकप भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री प्रदान गरिएको हो ।

हेटौंडा -९ का वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले कार्यक्रमको सम्बोधन गर्नुहुँदै खेलाडीलाई प्रतियोगिताको लागि आवश्यक जर्सी, ट्र्याक, जुराफ र बुट प्रदान गर्नुभएको हो । उहाँले वडाको विकाससँगै खेलकुदको विकासमा पनि वडा उत्तिकै जिम्मेवार रहेको जानकारी दिनुहुँदै प्रतियोगितामा खेलाडीलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।

उहाँले स्थानीय स्तरमा हुने प्रतियोगिताले खेलाडीलाई अगाडी बढ्न हौसला मिलेको समेत बताउनुभयो । प्रतियोगिताको लागि वडाले राष्ट्रिय स्तरमा हुने ए डिभिजन फुटबल खेलिरहेका यसै वडाका खेलाडी अमिर श्रेष्ठको कप्तानीमा पुरुष फुटबल टिम र आयुषा सिंहको कप्तानीमा महिला भलिबल टिम तयार पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*