हेटौंडा / हेटौंडामा शुक्रबारबाट जिल्ला विद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा जिल्ला विद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु भएको हो ।श्ुाक्रबार एक कार्यक्रमका बिच हेटौडा उपमहानरपालिकाका मेयर हरी बहादुर महतले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा शुक्रबारबाट आईतबार सम्म मकवानपुर जिल्ला विद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता संचालन गरीएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
समुदाय प्रहरी साझेदारी अन्तर्गतको प्रमुख साझेदार निकाय बिद्यालय समेत भएकाले बिद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गरी मकवानपुरमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरीएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रबक्ता प्रहरी वरिष्ठ उपरिक्षक मिरा चौधरीले जानकारी दिनुभयो । खेलको बिकास तथा बिस्तार गर्ने, स्कुलका विद्यार्थीहरुमा ब्याडमिन्टन खेल प्रति रुची जगाउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ठ खेलाडीहरु उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता संचालन गर्न लागिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।प्रतियोगितामा मकवानपुर जिल्लाका बिभिन्न सामुदायीक एवम् निजी बिद्यालय गरी १० ओटा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागीतामा रहेको छ ।
कक्षा १ देखी १० कक्षा सम्म अध्ययनरत बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता विभिन्न ५ बिधामा संचालन गरीने छ । १२ बर्ष सम्मका उमेर समुहका लागि महिला र पुरुषको सिंगल तथा १२ बर्ष माथीको उमेर समुहमा महिला र पुरुषको सिंगल्स तथा पुरुष तर्फको डबल्स गरी ५ वटा बिधामा प्रतियोगिता संचालन गरीने छ । १२ बर्ष सम्मका उमेर समुहका लागि दुबै बिधामा विजेताले नगद क्रमशं नगद ७ हजार , ५ हजार र ३ हजार प्राप्त गर्नेछन् । यस्तै १२ बर्ष माथीको उमेर माथिका तिनओटै बिधामा विजेताले क्रमशं नगद १० हजार ,७ हजार र ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी भएका खेलाडीहरु मध्येबाट उत्कृष्ट ३० जना खेलाडीहरुलाई २ महिना सम्म निशुल्क प्रशिक्षण प्रदान गरीने बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।





















