मुख्यमन्त्री पौडैलका प्रेस संयोजकलाई दोस्रो पटक कोरोना संक्रमण

टुडे संवादाता
२०७८ बैशाख १३, सोमबार १७:०७ गते

हेटौँडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस संयोजक प्रकाश दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौँडा अस्पतालमा गरिएको स्वाब परीक्षणमा दाहाललाई आइतबार साँझ संक्रमण पुष्टि भएको हो । उनलाई कोरोना महामारीको पहिलो कहरमा पनि संक्रमण भएको थियो ।

‘मलाई दोस्रो पटक पनि कोरोना देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार स्वाब परीक्षण गराएको थिएँ । साँझ रिपोर्ट संक्रमण भएको आयो,’ दहालले भने । उनलाई ३ दिनअघि स्वास्थ्यमा समस्या देखिएको थियो ।

उनले आफूलाई टाउको दुख्ने, शरीर दुख्ने समस्या भएपछि स्वाब परीक्षण गराएको जानकारी दिए । हाल उनी स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा घरमै आइसोलेट भएर बसेका छन् । संक्रमित दाहालले कोरोनाविरुद्धको खोप पनि नलगाएको बताएका छन् ।

मुख्यमन्त्री पौडेलसँग दाहालले १५ दिनदेखि भेटघाट नभएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*