काठमाडौं/नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजावदी पार्टी (जसपा)का नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भइरहेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा १२ बजेदेखि जारी छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र जसपाबाट अध्यष उपेन्द्र यादव सहभागी छन्।
छलफलमा नेपाली कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला सहभागी छन्।
बिहीबारसम्म दिइएको समयसीमामा बहुमतको प्रधानमन्त्री दाबी गर्ने प्रयास असफल भएपछि प्रधानमन्त्रीमा केपी ओली नै पुनः प्रधानमन्त्री नियुक्त भएका छन्।
नेकपा एमालेका नेता माधव नेपालले अन्तिम समयमा साथ नदिँदा कांग्रेसले बहुमतको सरकार दाबी गर्ने योजना असफल भएको थियो। अहिले जारी बैठकमा त्यसबारे समीक्षा भइरहेको सभापति देउवानिकट स्रोतले बतायो।






















