हेटौंडा । हेटौंडा बुधवार आज थप एक कोरोना संक्रमित पूरुषको मृत्यू भएको छ । मृत्यु हनेमा हेटौंडा ५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालय मकवानपुरले जनाएको छ । हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको हो । मृतक पुरुषलाई गत बैशाख २७ गते कोरोना पुष्टि भएको थियो । यो संगै हेटौंडा अस्पतालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
सेयर गर्नुहोस्






















