हेटौंडा/नेकपा एमाले,मकवानपुरको भातृ संगठनहरुले सोमवार (आज) हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको छन् । सर्वाेच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटनको कदम खारेज गरेको विरोधमा नेकपा एमाले सम्बद्ध युवाहरुले हेटौंडामा प्रर्दशन गरेका हुन् ।
एमाले निकट युवा संघका जिल्ला अध्यक्ष लक्ष्मण उप्रेतिको नेतृत्वमा बुद्धचोकमा भएको प्रर्दशनमा एमालेका जनप्रतिनिधि र विभिन्न भातृसंगठनका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
सबैधानिक सर्वोच्चता कायम गर, निर्दलीय व्यवस्थापन चाहिँदैन लोकतन्त्र मास्न पाहिदैन, सर्वोच्च अदालत होसियार, आज होइन भोलीलाई १० बर्ष ओलीलाई, प्रतिगामी फैसला मुर्दावाद लगायतका नारा लगाएका थिए ।
काठमाण्डौ उपत्यका,बाममती प्रदेशको राजधानी हेटौंडा सहित देशभर सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शन भईरहेको छ ।


















